काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
आज बस्ने स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल पक्षका ११ सांसदहरुलाई कारवाही गरिने स्रोतले जनाएको छ ।
यसअघि शनिवार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित ११ सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो । तर नेपाल पक्षका सांसदहरुले स्पष्टीकरण नदिएको र पार्टी हितविपरित काम गरेको बताउँदै कारवाही प्रक्रिया अघि बढाइन लागिएको हो ।
त्यस्तै आजको बैठकमा मध्यावधि निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने बुझिएको छ ।
यता नेपाल पक्षका सांसदहरु भने विपक्षी गठबन्धनसँग मिलेर संसद विघटनका विरुद्ध सर्वोच्च अदालत जाँदैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया