काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् ।
बरिष्ठ नेता नेपालले ट्वीट गर्दै संसद्को चीरहरण गर्दै प्रतिगमन दोहोरिएको बताएका हुन् । उनले चुनावको उद्घोषलाई जालझेल भन्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले चुनावको घोषणा गरिएको बताए ।
‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ ।’ उनले भने, ‘संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।’
उनले व्यवस्था लाई नै कू गर्ने अग्रसरता लिइएको पनि बताए । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको उनको भनाई छ । नेता नेपालले भने, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’
नेता नेपालले संसद विघट्न र निर्वाचन घोषणा गरिनुलाई ‘प्रतिगमन भाग २’ को संज्ञा दिएका छन् । उनले यस कदमको डटेर प्रतिवाद गर्न आह्वान पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया