काठमाडौं । कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्नेगरी प्रतिनिधि सभा विघटन गरीएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रतिक्रिया दिएको छ ।
सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको प्रतिक्रिया दिएको हो। प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले फेसबुकमा स्टाटस लेख्दै १४९ बहुमत सांसदहरुको हस्ताक्षर सहितको नयाँ सरकार बनाउने स्पष्ट विकल्प हुँदाहुँदै संविधानको धज्जी उडाउँदै र जनमतको अपमान गर्दै संसद विघटन गरीएको बताएकी छिन् । प्रधानमन्त्री ओली संविधान र गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको पनि उनको भनाई छ ।
मध्यावधि निर्वाचन घोषणाका विरुद्ध सम्पूर्ण गणतन्त्र पक्षधरहरुलाई आ आफनो ठाउँ बाट प्रतिवाद गर्न आग्रह पनि गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया