ओली – विद्याको कुकर्म गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई

लोकपथ
98
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले देशी, बिदेशी शक्तिहरुको सेटिङमा प्रतिनिधि सभाको विघटन गरिएको बताएका छन् ।

गत पुष ५ गते प्रतिगामी शक्तिहरुको षडयन्त्रमा असंवैधानिक प्रतिक्रान्तिकारी हर्कत शुरु गरिएको उल्लेख गर्दै उनले सोही हर्कतको कडीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभा विघटन गर्ने कुकर्म गरेको उनको भनाई छ ।

कुनै मध्यावधि चुनाव नभई संघिय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच भएको पनि उनले बताए । ‘भित्री÷बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र÷सेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक ÷असंवैधानिक÷प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ।’ उनले लेखेका छन्, ‘यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो ।’

डा. भट्टराईले सबै एकजुट भएर प्रतिवाद गर्नुपर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?