काठमाडौं उपत्यकामा मात्रै थपिए २ हजार ४ सय ४७ संक्रमित

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका ८ हजार ६ सय ७ जनामध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ७ सय ५२ जना, भक्तपुरमा २ सय ९५ र ललितपुरमा ४ सयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार २४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा त्यस्तै काठमाडौंमा हाल सक्रिय संक्रमिको संख्या २२ हजार १ सय ९३, भक्तपुरमा ४ हजार ८ सय ६४ र ललितपुरमा ६ हजार ८ सय ५३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?