काठमाडौं। विपक्षी दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारी गरेको बताएका छन् ।
शुक्रवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको विपक्षी दलहरुको बैठकले भण्डारीले संवैधानिक दायरा नाघेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदीय हैैसियतकै दुरुपयोग हुने गरी सहयोग गरेको ठहर गर्दै महाअधियोग लगाउने विषयमा सहमति गरेका बताइएको छ ।
यद्यपि आजै संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गर्ने भनिएपनि सभापति देउवाले केही समय पर्खिनु पर्ने बताएका बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
संविधानको धारा १०१ अनुसार राष्ट्रपतिविरुद्ध प्रतिनिधिसभाका एक चौथाइ सदस्यले महाअभियोग दर्ता गर्नसक्ने प्रावधान् छ। बिहिवार प्रधानमन्त्री ओलीले विश्वासको मत नै नलिइ धारा ७६ (५) अनुसारको सरकार गठनका लागि राष्ट्रपति भण्डारीलाई आह्वान गर्न लगाएका थिए ।
यो कदमप्रति विपक्षी दलहरु आक्रोशित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया