‘अविश्वासको प्रस्ताव ल्याएर हटाउन पनि नसक्ने अनि किचकिच गर्न पनि नछाड्ने ?’

लोकपथ
84
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भएको अढाइ महिनासम्म प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि नसकेको र किचकिच पनि गर्न नछोडेको टिप्पणी गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई निर्बाध काम गर्न पनि नदिने र संसदलाई पनि सफल हुन नदिने खेल भएको बताएका छन् ।

‘वैकल्पिक सरकार पनि दिन नसक्ने र काम गर्न पनि नदिएपछि आफूले विश्वासको मत माग्दा राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्युह रचिएयो ।’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?