काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मीक रुपमा आह्वान गरेको पत्रकार सम्मेलन शुरु भएको छ । प्रधानमनत्री निवास बालुवाटारमा शुरु भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सम्बोधन शुरु गरेका छन् ।
प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रवार साँझ ५ बजेसम्मको समय दिएको भन्दै नेपाली राजनीति गर्माएको छ । राष्ट्रपतिको तिव्र आलोचना भइरहेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया शुरू नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ ९५० बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नु असंवैधानिक कदम मानिएको छ।
यता प्रधानमन्त्री ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने महन्थ ठाकुर पक्षको निष्कर्ष निकालेको छ । नयाँ सरकार गठनको समय छोटिँदै जाँदा प्रतिपक्षी दलहरुलाई दौडधुप बढेको छ । कांग्रेसले सबै दलहरुसँग छलफल गरिरहेको सन्दर्भमा प्रधनमन्त्री ओलीले डाकेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया