काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्नुपर्ने बताएका छन् ।
बिहीबार साँझ ट्वीट गर्दै नेता थापाले विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजिनामा गर्ने र राष्ट्रपतिले प्रकृया शुरु गर्ने भएपनि प्रधानमन्त्री र राष्ट्रपतिले जानेरै नयाँ सरकार गठन प्रक्रिया अगाडी बढाएको बताए ।
अब गनगन गरेर बस्नु नहुने र सुझबुझ पुर्याउनुपर्ने भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महाअभियोग लगाएर बिदा गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया