संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक : प्रवक्ता शर्मा

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई छल्ने र संसदलाई प्रयोजनहिन बनाउने षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनको लागि राष्ट्रपतिलाई पत्राचार गरेको र राष्ट्रपतिले तुरुन्तै नयाँ सरकार गठनका लागि आव्हान गरको सन्दर्भमा प्रवक्ता शर्माले प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन नचाहिएको भन्ने प्रश्न समेत गरेका छन् ।

उनले राष्ट्रपति संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो ? भन्ने प्रश्न पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?