मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, संसद अधिवेशन जेठ ९ गते

लोकपथ
217
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसदबाट विश्वासको मत नलिने भएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार गठन गरेको ३० दिनमा विश्वासको मत लिने भन्दा पनि संविधानको धारा ७६(५) बमोजिम सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले त्यसबारे जानकारी गराएको स्रोतले जनाएको छ ।

त्यस्तै आजको बैठकले संसदको वर्षे अधिवेशन आगामी जेठ ९ गते आह्वान गर्ने निर्णय गरेकोे छ । आज नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?