कोरोनाका कारण नेपालमा थप २ सय ४६ जनाको मृत्यु

लोकपथ
287
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ हजार ८ जनाको पीसीआर र १०९ जनाको एन्टीजेट पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ९ सय ८९ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो काठमाडौं उपत्यकामा थप २ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, भक्तपुरमा २ सय २८ र ललितपुरमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा ८ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?