काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ हजार ८ जनाको पीसीआर र १०९ जनाको एन्टीजेट पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो काठमाडौं उपत्यकामा थप २ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, भक्तपुरमा २ सय २८ र ललितपुरमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा ८ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया