चन्द्रागिरीमा एक जना मृत फेला

लोकपथ
140
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

चन्द्रागिरी नगरपालिका-१० स्थित हिरा इँटाभट्टामा रहेको टहरामा सोही भट्टामा काम गरी बस्दै आएका झापा भद्रपुर नगरपालिका-८ घर भएका ३५ वर्षीय मदन मुर्मु मंगलवार मृत अवस्थामा फेला परेका हुन् ।

घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?