काठमाडौं । सुनसरीमा छिमेकीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा इटहरी उपमहानगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुलाल सदालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा बाबुलालले छिमेकी २२ वर्षीय मनुवा सदालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालग्रामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते मनुवालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया