नवलपरासी बस दुर्घटना अपडेट : मृतक ३ जनाको सनाखत, २ जना घाइतेको अवस्था गम्भिर

लोकपथ
182
Shares

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएकाहरुमध्ये ३ जनाको सनाखत भएको छ ।

ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्ती र वर्ष २१का गोपाल ओलीको सनाखत भएको छ । अर्की मृतक महिलाको अझै पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए

बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको प्रवक्ता लामाले जानकारी दिए ।

बसमा सवार पाँच जना सकुशल रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।

बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?