काठमाडौं । मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २५ वर्षीय मन कुमार बिकलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई मन कुमारले सोही ठाउँस्थित चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया