काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ६४ हजार २ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुस्ताङ, मुगु र बझाङमा समान एक जनामात्रै कोरोना संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ रहेको छ । यो हालसम्म कोरोना संक्रमणमुक्त हुनेदर ७४ दशमलव ४ प्रतिशत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया