काठमाडौं । नेपालमा केहिदिन देखि निरन्तर घटेको कोरोना संक्रमणको दर आज पुनः बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ६४ हजार २ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा यी ५ जिल्लामा थपिए सबै भन्दा धेरै कोरोना संक्रमित :
काठमाडौं – २ हजार ३ सय ४६ जना
कैलाली – ७ सय ४२ जना
मोरङ – ४ सय ६९ जना
ललितपुर – ४ सय ५४ जना
कास्की – ४ सय ३४ जना
आज थपिएका ९ हजार २ सय ४७ जना संक्रमित कुन प्रदेशमा कति ?
प्रदेश १ – १ हजार २ सय १९ जना
प्रदेश २ – ७ सय २४ जना
बागमती प्रदेश – ३ हजार ६ सय २२ जना
गण्डकी प्रदेश – ७ सय ९५ जना
लुम्बिनी प्रदेश – १ हजार ४ सय ४८ जना
कर्णाली प्रदेश – ३ सय ३७ जना
सुदूरपश्चिम प्रदेश – १ हजार ५३ जना
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको २२ हजार ८७ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये २१ हजार ६ सय ५३ जनाको पीसीआर ९९ हजार १ सय ९८० र ४ सय ३४ जनाको एन्टिजेन परीक्षणमा ९४९ जनामा० कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ रहेको छ । यो हालसम्म कोरोना संक्रमणमुक्त हुनेदर ७४ दशमलव ४ प्रतिशत हो । त्यस्तै हाल नेपालमा ७ सय ८ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया