थप ५ हजार ७ सय ६७ जनाले जिते कोरोना

लोकपथ
98
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।

आजमात्रै नेपालमा थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?