काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ५ हजार २ सय १५ पुगेको छ ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया