हालसम्म काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय ६३ जनाले गुमाए ज्यान

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ५ हजार १ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौंमा १ हजार १ सय ३८ जना, भक्तपुरमा २ सय २१ जना र ललितपुरमा ३ सय ४ जना गरि काठमाडौं उपत्यकामा कूल १ हजार ६ सय ६३ जनाले ज्यान गुमाएका छन् ।

हेर्नुहोस् विवरण :

 

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ५ सय ३९ जनाको परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ हजार ३ सय १६ जनाको पीसीआर पोजेटिभ र ५२ जनाको एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल नेपालमा १ लाख १० हजार २ सय ६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसन र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?