काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ५ हजार १ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ५ सय ३९ जनाको परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको हो ।
जसमध्ये ७ हजार ३ सय १६ जनाको पीसीआर पोजेटिभ र ५२ जनाको एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल नेपालमा १ लाख १० हजार २ सय ६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया