आगलागी हुँदा २३ लाखको क्षति

लोकपथ
49
Shares

काठमाडौं । रौतहटमा आगलागी हुँदा करिब १७ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ । दुर्गाभगवती गाउँपालिका-३ मत्सरी बस्ने गगनदेव महरा सहित ६ जनाको घरमा शनिवार दिउँसो आगलागी हुँदा सबै जनाको गरी करिब १७ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको हो ।

त्यस्तै, झापाको कमल गाउँपालिका(३ केर्खा बजार बस्ने दिल बहादुर बस्नेतको कच्ची घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा सुनका गहना, ल्यापटप, टिभि, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?