काठमाडौं । नायक पल शाहले सरकारलाई आक्रोश व्यक्त गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको र सरकारले ४०० रुपैयाँको अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
नायक पल शाह अक्सिजन वितरणमा लागेका छन् । पल र उनको टिमले बाराको जितपुर पुगेर अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ ।
कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय पर्यटनमन्त्री भानुभक्त ढकालले गरेसँगै पल आक्रोशित भएका हुन् ।
उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् :” सरकारले ४०० रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु !! वाह सरकार तिम्रो नियत !!
सन्दर्भ : आज सरकारले ४०० रुपैयाको अक्सिजन नपाएर म्रुत्यु भएका लाश जलाउनेलाई थप १००० रुपैया भत्ता दिने बारे…(कोभिडको कारणले मृत्यु हुने सम्पूर्ण आमा बुवा, दाजुभाई, दिदीबहिनी प्रती भावपूर्ण श्रदान्जली !! मृतकका आफन्त प्रती भागवानले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन !!)”
पलले कोभिडका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया