नेपालमा २५ लाखले लगाए कोरोनाविरुद्धको खोप

लोकपथ
20.4k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाईसकिएको बताएका छन् ।

सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएका हुन् । खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाई छ । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले बताए ।

सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको उनले जानकारी दिए ।

त्यस्तै चिनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाई छ । त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा। अधिकारीले बताए ।

७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाई छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए । यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाई छ । स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि बताए ।

पीसीआर परिक्षण : 

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेको सम्बन्धमा देशभरी ९० वटा प्रयोगशालाबाट पीसीआर परिक्षण भइरहेको उनले जानकारी दिए । अहिले एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिमा परेकाहरुको पीसीआर परिक्षण भइरहेको छ ।

पीसीआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारी बताए । अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परिक्षण भइरहेको छ । एन्टीजेन परिक्षण भने मुख्य गरि नेपाल भारत सिमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?