अक्सिजनको सहज व्यवस्थापनका लागि सरकारले खटायो टोली (सम्पर्क नम्बरसहित)

लोकपथ
126
Shares

काठमाडौं। अक्सिजनको सहज व्यवस्थापनका लागि सरकारले हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अक्सिजनको सहज व्यवस्थापनका लागि ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गर्न सकिने छ ।

अक्सिजनको सहज व्यवस्थापनका लागि सरकारले टोली पनि गठन गरेको छ । टोलीमा प्रमुख स्वास्थ्य प्रशासक डा. प्रकाशप्रसाद शाह,उपसचिव महेश पाण्डे, र मेडिकल अफिसर डा। सुवास राउतलाई एउटा समूह बनाइएको छ ।

त्यस्तै, प्रमुख मेसु डा.रोशन न्यौपाने, उपसचिव सानुबाबु अधिकारी र मेडिकल अफिसर डा. प्रधुम्मन चौहानलाई अर्को समूह बनाएर खटाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?