काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको युद्ध चर्की रहेको बेला प्यालेस्टाइनी अभिनेत्रीलाई गोली लागेको छ ।
हाइफा सहरमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा भाग लिएकी प्यालेस्टाइनी अभिनेत्री मैसा अब्द इलाहदी लाई गोली लागेको हो ।
तर, इजरायली प्रहरीको गोलीबाट उनी घाइते भइन् । उनको खुट्टामा गोली लागेको उनले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छिन् ।
साथै उनले सहयोग गर्ने र उनलाई हौसला दिनेहरुप्रति धन्यवाद दिएकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएकी छिन् ।
उनले यो अनुभव आफ्नो जीवनकै सबैभन्दा तीतो अनुभव रहेको बताएकी छिन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया