बेलायतमा कोरोनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ को खतरा बढ्यो, तत्काल लकडाउन खुकुलो नपार्न विज्ञको सुझाव

लोकपथ
455
Shares
In the main mutation site (yellow) of the South African coronavirus variant B.1.531, a glutamic acid amino acid is replace by a lysine one at the position 484. A spike protein (red) is bound to an angiotensin converting enzyme 2 (blue), which is embedded in a human cell membrane.

काठमाडौं – विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसको ‘इन्डियन भेरियन्ट’ बेलायतमा तिव्र रुपमा फैलिन थालेपछि जोखिम रोकथामका लागि त्यहाँको सरकारले तयारी थालेको छ ।

भारतबाट तिव्र रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण बेलायतमा संक्रमित बढ्न थालेपछि लकडाउन खुकुलो पार्ने तयारीमा रहेको बेलायत सरकारलाई तत्कालका लागि लकडाउन खुकुलो नपार्न विज्ञले सुझाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरसको डबल म्युटेन्ट भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि यसले भयावह स्थिती निम्त्याउन सक्ने तर्फ सचेत पार्दै विज्ञहरुले तत्काल लकडाउन खुकुलो नबनाउन सुझाव दिएका हुन् ।

बेलायमा नयाँ भेरियन्ट फैलने खतरा बढेपछि आपतकालीन वैज्ञानिक परामर्श समूहको बैठक समेत बस्दैछ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले समेत बुधबार संसदमा ‘बी १६१७.२’ नामको ‘डबल म्युटेन्ट भेरियन्ट’ का कारण चिन्ता बढिरहेको बताएका थिए।

नयाँ भेरियन्टका कारण दुई हप्ताअघि मात्रै २०२ जना संक्रमित भएका थिए । उक्त संख्या एक सातामै ५२० पुगेको थियो । बेलायती भेरियन्टको असर कम हुँदै गर्दा इन्डियन भेरियन्टका कारण थप चिन्ता बढेको अधिकारीहरुको प्रतिक्रिया छ।

तिव्र गतिमा फैलिएको ईण्डियन भेरियन्ट हालसम्म विश्वका ४४ वटा देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या १६ करोड ११ लाख ३४ हजार ६ सय २१ पुगेको छ । कोरोनाबाट हालसम्म ३३ लाख ४६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ । १३ करोड ८९ लाख ५९ हजार २ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल विश्वभर १ करोड ८८ लाख २८ हजार ४ सय ५८ वटा ‘एक्टीभ केस’ छन् । जसमध्ये १ लाख ४ हजार ८ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?