कैलालीमा जेठ ६ गतेसम्म निशेधाज्ञा गर्न सिफारिस

लोकपथ
112
Shares

धनगढी/टेक सिंह धामी । कैलालीमा जेठ ६ गते सम्म निशेधाज्ञा गर्न सिफारिस गरेको छ ।
सोमवार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते निशेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो ।

कोरोनाको जोखिम बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म निशेधाज्ञा जारी गरिएको थियो ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले जेठ ६ गते सम्म निशेधाज्ञा गर्ने सिफारिस गरेको हो ।

निशेधाज्ञाको क्रममा अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द र सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत संख्यामा कर्मचारी तथा सवारी साधन प्रयोग गरि कार्यालयको आन्तरिक ब्यबस्थापन गर्ने, यस विपरित कर्मचारीको आवागमन एवम् सवारी साधनको प्रयोग नगर्न सिफारिस गरेको छ ।

राजश्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तिय संस्थाको सबै सेवा बन्द गरी अत्याबश्यक भुक्तानीको लागी एटिएम तथा विधुतीय प्रणालीबाट सेवा प्रवाहको प्रबन्ध गर्ने ।

नेपाल सरकार का कर्मचारी बैक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालय ले जारी गरेको परिचय पत्रको आधारमा आवत जावत गर्न सक्ने सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।

उनले औषधि उपचार लगायत अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिन थप कडाई गरेको उनले बताए । अत्यावश्यक काम बाहेक अन्य सार्बजनिक एबम् निजी सवारी साधन संचालन गर्न नपाइने लगायतका १५ बुँदे सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?