काठमाडौं । मकवानपुरमा आफ्नै हजुरआमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा नाति पक्राउ परेका छन् ।
आफ्नै हजुरआमा अन्दाजी ९० वर्षीया कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रवार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
आकाशले आफ्नै हजुरआमालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर र अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते कान्छीमायाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया