काठमाडौंमा कति छन् सक्रिय संक्रमित ?

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौंमा हाल २६ हजार ४ सय २६ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणका अनुसार काठमाडौंमा हाल २६ हजार ४ सय २६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृतक संख्या ३ सय ९८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमित मात्र नभएर कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि उल्लेख्य रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३ सय ७० जना कोरोना संक्रमणमुक्त भएर भएर घर फर्किएका छन् । भने हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रवार नेपालमा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने कोरोना संक्रमणको कारण ५० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?