अन्तरिक्षबाट पृथ्वीतर्फ आउँदैछ चिनियाँ रकेट, ठूलो दुर्घटना निम्त्याउन सक्ने वैज्ञानिकको चेतावनी

लोकपथ
343
Shares

काठमाडौं । एक पटक सोच्नुहोस् त ! अन्तरिक्षमा कति मानवनिर्मित वस्तुहरू होलान ? २१ औं सताब्दीसम्म आइपुग्दा संसारका विभिन्न देशहरुले बनाएका विभिन्न मानवनिर्मित यान्त्रहरु अन्तरिक्षमा छरपस्ट छन् ।

अन्तरिक्षमा पठाइएका यान्त्रहरुले पृथ्वीमा जीपीएस वा मौसमबारे महत्त्वपूर्ण काम गर्ने गर्दछन् । विज्ञानले पाएको यो सफलतामा अन्तरिक्षमा रहेका ती यान्त्रहरुको निकै ठूलो योगदान रहेको छ । तर कहिलेकाही ती यन्त्रनै मानव जिवनका लागि खतरा बन्ने गरेको छ । अन्तरिक्षमा भएका यान्त्रहरु अधिकाशं काम लाग्ने छैनन्।

विशेषज्ञहरुका अनुसार चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित भएर चारैतर्फ चक्कर लगाइरहेको छ । अब यो रकेट धर्तीतर्फ तिव्र गतिमा अघि बढिरहेको उनीहरुले बताएका छन् । विशेषज्ञहरुका अनुसार शनिवार यो रकेट कुनै पनि समय धर्तीमा खस्न सक्छ । यस रकेटलाई लिएर विशेषज्ञहरूले धेरैखाले सम्भावना व्यक्त गरेका छन् ।

The Long March-5B completes a successful maiden flight, officially kicking off China's space station construction - Global Times

विशेषज्ञहरुका अनुसार यो रकेट धर्तीको वातावरणमा प्रवेश गर्दागर्दै जल्न शुरु हुनेछ या प्रवेश गर्नु अगावै जल्न पनि सक्नेछ । यस्तो अवस्थामा जोखिम कम हुनेछ ।

यदि मानिसहरु बसोबास गर्ने इलाकामा यो रकेट खस्यो भने ठूलो दुर्घटना निम्तिने सम्भावना छ । यद्यपी, यो रकेट धर्तीको कुन कुनामा खस्नेछ भन्ने विषय अहिलेसम्म थाहा छैन ।

Tianhe1 Launch: The Long March 5B rocket that took the core module of the China Space Station to orbit.

बीबीसीका अनुसार लङ मार्च ५ बी रकेट झन्डै १ सय फिट लामो छ । अनियन्त्रित भएपछि पछिल्ला दिनमा रकेटले धर्तीमा ३० भन्दा धेरैपटक चक्कर लगाइसकेको छ ।

रकेटको रफतार २८ हजार माइल्स प्रति घण्टा रहेको छ । भने त्यसको तौल झण्डै २१ टन रहेको छ ।

यसरी गएको थियो अन्तरिक्षमा : 

एक रिपोर्टअनुसार यो रकेट ४१ डिग्रीको भूमध्य रेखाको झुकावमा घुमिरहेको छ । यसको मलवा ४१ डिग्री उत्तर र ४१ डिग्री  दक्षिण गिर्ने आशंका गरिएको छ ।

न्युर्योक, म्याडिङ र बेइजिङ जस्ता शहरमा पनि यो रकेट खस्नसक्ने आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?