बिप्लव जमकटेल-काठमाडौं । कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढेका कारण सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लागू गरेको साता दिन बित्यो ।
संक्रमण भयावह रुपमा फैलिन थालेपनि अन्य जिल्लाहरुसमेत गरेर हाल देशका ५१ बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ । त्यसका कारण सडक सुनसान छ । अत्यावश्यक सवारी साधन छिटफुट हुँईकिएका छन् ।
नियम कडाईका साथ पालना गराउनका लागि चोकचोकमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिती छ । निषेधाज्ञाका कारण विकास निर्माणदेखि हरेक तह र सम्पूर्ण क्षेत्र व्यवसाय ठप्प छ ।
यसैबीच निषेधाज्ञाको समयको सहि सदुपयोग गर्दै सडक विभागले ‘रोड मार्किङ’ गर्न थालेको छ । भीडभाड नभएको मौका छोपेर सरकारले यतिबेला रोड मार्किङ, ढल निकासका काम र पैदल यात्रु हिँड्ने फूटपाथ निर्माण र स्तरोन्नतीको काम तिव्र रुपमा गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर विभागले कामदारको लागि मास्क, भौतिक दूरी कायम र थोरै जनशक्ति परिचालन गरी काठमाडौंका अधिकांश सडकमा निर्माण कार्य जारी छ । हेर्नुहोस् लोकपथका लागि बिप्लव जमकटेलले कैद गरेका केहि दृश्य :









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया