काठमाडौं । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको छ ।
७९ वर्षीय माली नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्य सचिव रहेका थिए ।
त्यस्तै उनी नेपाल भाषाका कोशकार तथा दोलखा भाषाका अध्येता पनि रुहेका थिए ।
नेपाली भाषामा पनि कलम चलाउने उनका नेपाल भाषा र कवितासम्बन्धी थुप्रै कृति प्रकाशित छन् ।
नेपाल भाषामा हाइकु विधा भित्र्याउने श्रेय पनि उनलाई दिइन्छ ।
उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनको आजै अन्त्येष्टि गरिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया