निषेधाज्ञाको एक साता : २० हजार मानिस होल्डिङ सेन्टरमा, झण्डै ११ हजार सवारी नियन्त्रणमा

लोकपथ
140
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञाको अवज्ञा गर्दै अनावश्यक रुपमा सडकमा हिँड्ने १ हजार ३ सय ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधवार बिहान १० बजेसम्म १ हजार ३ सय ५ जना मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौंरले लोकपथलाई जानकारी दिए ।

नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर सचेतना कक्षा लिएर छोड्ने गरेको एसपी राठौंरले बताए । त्यस्तै सवारी पास नभई अनावश्यक रूपमा सडकमा गुडेका सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

बिहान १० बजेसम्म काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाबाट ४ सय ९७ वटा सवारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

निषेधाज्ञाको सातौं दिनसम्ममा कुल २० हजार ९३ जना मानिस कारवाहीमा परेका छन् भने १० हजार ८ सय ४६ सवारी साधनलाई नियन्त्रणमा लिएएको एसपी राठौंरले बताए ।

यस्तो छ निषेधाज्ञा शुरु भएदेखी निषेधाज्ञा उल्लंघन गर्नेहरुको विवरण :

निषेधाज्ञाको पहिलो दिन १६ गत (बिहिवार) को विवरण
-२ हजार ३९ सवारी
-२ हजार ५ सय ३८ मानिस

निषेधाज्ञाको दोस्रो दिन १७ गते (शुक्रवार) को विवरण
-२ हजार २ सय ७८ सवारी
-४ हजार २ सय १९ मानिस

निषेधाज्ञाको तेस्रो दिन १८ गते (शनिवार) को विवरण
-१ हजार ६ सय ७७ सवारी
-३ हजार ७ सय २४ मानिस

निषेधाज्ञाको चौंथो दिन १९ गते (आइतवार) को विवरण
-१ हजार ३ सवारी
-२ हजार ८ सय ९८ मानिस

निषेधाज्ञाको पाँचौँ दिन २० गते (सोमवार) को विवरण
-१ हजार ४ सय ६३ सवारी
-३ हजार ४ सय ६६ जना मानिस

निषेधाज्ञाको छैठौं दिन २१ गते (मंगलवार) को विवरण
-१ हजार ९ सय ४९ सवारी
-१ हजार ९ सय ४३ जना मानिस

होल्डिङ सेन्टरमा परे के हुन्छ ?

काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञालाई पर्वाहा नगरी अनावश्यक रुपमा सडकमा हिँड्ने मानिसहरलाई होल्डिङ सेन्टरमा राखिने व्यवस्था छ । नियन्त्रणमा लिएको मानिसलाई आधा घण्टासम्म उभ्याएर राखिन्छ र सचेतना कक्षा लिएर छोड्ने गरिएको छ ।

सवारीको हकमा सवारी पास नभई अनावश्यक रूपमा सडकमा गुडेका सवारी साधनलाई नियन्त्रणमा लिइ ड्राइभरलाई होल्डिङ सेन्टरमा र नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले साँझ ७ बजेपछि मात्र छोड्ने गरेको छ ।

मास्क नलगाई र काम बिना सडकमा हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?