निषेधाज्ञामा तास खेलिरहेका ५ जना जुवाडे पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । कास्कीमा तास खेलिरहेको अवस्थामा ५ जना जुवाडे पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-५ जागृती मार्गस्थित रमेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ घारीपाटन बस्ने ३५ वर्षीया माया पुन लगायत ५ जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?