भारतको कर्नाटकमा अक्सिजनको कमीका कारण २४ कोरोना संक्रमितको मृत्यु

लोकपथ
147
Shares

काठमाडौं । भारतको कर्नाटकमा अक्सिजनको कमीका कारण २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कर्नाटकको चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजनको कमीका कारण २४ जना कोरोना संक्रमितको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम आजतकले जनाएको छ ।

चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका डाक्टरले आफूहरुले कोसिस गर्दा पनि बिरामीको अक्सिजन लेभल सामान्य गर्न नसकिएका कारण उनीहरुको मृत्यु भएको बताएका छन् ।

मृतक सबै बिरामीहरु भेन्टिलेटरमा थिए । यसबाहेक ११ अन्य बिरामीको पनि अस्पतालमा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?