झापामा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । झापामा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-७ बस्ने ४७ वर्षीय विष्णु गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत विराटनगर, इलाम इजलास इलामको २०७७ पुस १३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराईएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?