काठमाडौं । कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ५० औं स्थानमा परेको छ । हालसम्म विश्वका विभिन्न टापु मुलुकसहित २१५ देशमा कोरोनाको संक्रमण रहेको अवस्थामा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको सूचीको आधारमा नेपाल ५० औं स्थानमा रहेको वर्डोमिटरर्सले जनाएको छ ।

हालसम्म नेपालमा ३ लाख ३६ हजार ३० जनामा संक्रमण भएको छ भने २ लाख ८३ हजार ९ सय ९४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
साथै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ रहेको छ । कोरोना संक्रमितको सूचीमा अमेरिका पहिलो स्थानमा छ । भारत दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्राजिल तेस्रो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया