होम आइसोलेसनमा बस्दा के के गर्ने ? (भिडियो सहित)

अहिले देखिएको कोरोना भाइरसको दोस्रो लहर पहिलाको तुलनामा बढी खतरनाक रहेको स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।
कोरोनाको यो दोस्रो लहरले अस्पतालमा बेड पाउन गाह्राे बन्दै गएको छ । यस्तो बेलामा आफू र परिवारलाई जोगाउँदै निषेधाज्ञाको पालन गर्नु र सुरक्षित रूपमा बस्नु नै सबैभन्दा उत्तम विकल्प देखिएको छ ।
यदि कोरोना भाइरसको सङ्क्रमणको लक्षण देखिएमा वा देखिने सम्भावना रहेमा के गर्ने भन्ने विषयमा धेरैमा द्विविधा रहेको छ । यस्तो अवस्थामा होम आइसोलेसनमा बस्नु भएका सङ्क्रमितले के के गर्नुपर्छ भन्ने विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे ले दिनु भएको १६ जानकारीको भिडियो संस्करण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?