काठमाडौं । सडक विभागले निषेधाज्ञाको समयको सदुपयोग गर्दै सडक ‘रोड मार्किङ’ गर्न थालेको छ ।
सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले लोकपथलाई बताए ।
स्वास्थ्य मापदण्डको पालना गरि सावधानीसहित काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेका हौं’ । प्रमुख नेपालीले बताए ।
‘काठमाडौंका विभिन्न स्थानमा मार्किङ गरिसकेको र काम अझै बाँकी रहेको उनले भने ।
काठमाडौंको लैनचौर, रामशाहापथ, कान्तिपथ लगाएतका ठाँउमा काम भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया