काठमाडौं । भारतमा कोरानो भाइरसबाट थप झण्डै चार लाख मानिस संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले आइतवार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोना भाइरसको संक्रमण भएको हो ।
यसअघि हिजो एकै दिन सबैभन्दा धेरै चार लाखभन्दा बढी संक्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या अघिल्लो दिनको भन्दा केही कम हो ।
भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना संकमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या दुई लाख १५ हजार ५४२ पुगेको छ ।
भारतमा कोरोना भाइरसबाट संकमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि संकमित अवस्थामै रहेका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट संकमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म संकमणमुक्त भएकाहरुको संख्या एक करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार ३३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार ९५४ जनाको कोरोना परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया