अखाद्य वस्तु बिक्री भइरहेको छ ? तत्काल उजुरी गर्न यी नम्बरमा फोन गर्नुहोस्

लोकपथ
0
Shares

काठमाडौं । निषेधाज्ञाको समयमा अखाद्य वस्तुको बिक्री वितरण हुने गरेका कारण त्यस्ता अखाद्य वस्तुको बिक्री वितरण गरेको पाइएमा उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक विज्ञप्ति जारी गर्दै अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको हो ।

विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ ।

विभागले विभिन्न हटलाइन नम्बरहरु पनि उल्लेख गरेको छ, जसमा उपभोक्ताले सम्पर्क गर्न सक्ने छन् ।

विज्ञप्ति: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?