कोरोना सङ्क्रमित भारतीय टिभी पत्रकार सरदानाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड–१९ को सङ्क्रमणपछि उपचारका क्रममा निधन भएको छ ।
पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । उनको दिल्लीस्थित नोयडाको मेट्रो अस्पतालमा मृत्यु भएको उनी कार्यरत भारतीय समाचार संस्था आजतकले समाचारमा उल्लेख गरेको छ ।

जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित उनले सन् २०१७ मा जी–न्यूज छाडेर आजतकमा गएका थिए ।

आजतकबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीहरूले शोक व्यक्त गरेका छन् ।

बिहीबारसम्ममा भारतमा पछिल्लो २८ दिनमा कोरोनाका कारण ५२ जना र पछिल्लो एक वर्षमा कोभिड–१९ का कारण १ सय १ जना पत्रकारको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?