नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्ने

लोकपथ
7
Shares

काठमाडौं- नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यसका लागि शुक्रवार यी दुई बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा नबिल बैंकका मर्जर संयोजक उदयकृष्ण उपाध्याय तथा युनाइटेड फाइनान्सका मर्जर संयोजक मनिष खेम्काले हस्ताक्षर गरेका छन् । बैंकले ३५ प्रतिशत स्वाप रेसियोमा फाइनान्सलाई प्राप्ति गर्ने भएको छ।

नबिल बैंकमा प्रमुख लगानी विनोद चौधरीको छ भने युनाइटेडमा चौधरी ग्रुपको ३६ प्रतिशत लगानी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?