सीईडीबी हाइड्रोको आइपीओ खुल्यो, कस्तो छ कम्पनी ?

लोकपथ
357
Shares

काठमाडौँ- सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख १७) देखि आईपीओ निष्काशन  गरेको छ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो । सर्वसाधारणले २३ लाख ४१ हजार ९ सय ५४ कित्ताका लागि आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख १८ हजार २ सय ३० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ता मेरो शेयर तथा सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

लगानीकर्ताले छिटोमा वैशाख २१ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्ने छन् ।  

यस कम्पनीमा २६५ संस्थापक शेयरधनीहरु रहेका छन् । कम्पनीले  कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत कम्पनी, दोर्दी खोला जलविद्युत कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ।

कम्पनीको अधिकृत पुँजी एक अर्ब पचास करोड, जारी पुँजी त्रियासी करोड चौरानब्बे लाख दश हजार र चुक्ता पूँजी अन्ठाउन्न करोड पचहत्तर लाख सतासी हजार रहेको छ । आईपीओ निष्काशन गरी बांडफांट गरे पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार हुनेछ ।

कम्पनीको आ.व. २०७६/७७ को लेखा परिक्षक द्वारा प्रमाणित वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी ५८ करोड ७५ लाख, जगेडा तथा संचिति नाफा २२ करोड ७९ लाख, र आयकर कट्टीपछिको नाफा ७ करोड ६६ लाख रहेको छ

कम्पनीको आ.व. ७७/७८ को ६ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको शेयर पुँजी ५८ करोड ७५ लाख, जगेडा तथा संचिति नाफा १६ करोड १ लाख, र आयकर कट्टीपछिको नाफा ३ करोड ७४ लाख रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?