काठमाडौँ- नेपालको उत्तरी नाका रसुवागढीमा आवतजावतलाई कडाइ गरिने भएको छ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि बिहीवार बसेको सीमा सुरक्षा बैठकले यस्तो निर्णय गरेको हो। नाकामा कडाइ नगर्दा कोरोनाको थप जोखिम बढ्ने बैठकको निष्कर्ष छ। बैठकले नाकामा आवतजावत गर्न नदिने, चिनियाँ गाडीले नै सामग्री नेपालसम्म ल्याएर झार्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लगायतका विषयलाई नै निरन्तरता दिने निर्णय गरेको छ।
दुवै देशका अधिकारीहरू सेतो पीपीई सेट र फेससिल्ड लगाएर बैठक बसेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया