काठमाडौं । अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल भारत छाडेर स्वदेश फर्कन आग्रह गरेको छ ।
भारतमा तीव्र रूपमा कोरोना भाइरस फैलिएपछि अमेरिकाले एक ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको हो ।
भारतमा कोरोना भाइरसको संक्रमण अध्याधिक बढिसकेको र मेडिकल सुविधा ध्वस्त भइसकेकाले अमेरिकाले विमान समातेर आफ्ना नागरिकलाई स्वदेश फर्कन भनेको हो ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी एडभाइजरीमा भारतमा कोरोना संक्रमण निकै गहिरिएको र भारतीय मेडिकल सेवा पर्याप्त नहुन सक्ने उल्लेख छ । मन्त्रालयले भारतमा नयाँ संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको उल्लेख गरेको छ ।
पछिल्लो चौबीस घन्टामा मात्र भारतमा ३ लाख ७९ हजार २ सय ५७ नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । महामारीका कारण अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया