काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन भएको छ ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे)लाई मन्त्री बनाएका छन् ।
मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्रीको प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए ।
गत पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि केन्द्रदेखि प्रदेशसम्मको राजनीतिमा उतारचढाव आएको छ । केन्द्रको राजनीति असर प्रत्यक्ष प्रदेशमा परेको देखिन्छ । त्यसो त गण्डकी प्रदेश सरकारलाई जनमोर्चाले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले मनाङेलाई ल्याएर केही भरथेग गर्न खोजेको देखिन्छ ।
गुरुङले आफ्नो सरकार जोगाउन गरिरहेको विभिन्न तिकडमकाबीच मनाङे मन्त्री हुनु स्वभाविक देखिन्छ । त्यसो त आफैँमा विवादित छवि भएका मनाङेलाई मन्त्री बनाइनु नेपाली राजनीतिमा नौलो भने होइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया